नियम ८९
एजेन्टको विवरण उल्लेख गर्नु पर्ने
(१) विदेशी बोलपत्रदाताले बोलपत्र पेश गर्दा
नेपालमा आÇनो एजेण्ट नियुक्त गरेको रहेछ भने निजले त्यस्तो एजेन्टको सम्बन्धमा
देहायका विवरण उल्लेख गर्नु पर्नेछ ः—
(क) एजेण्टको नाम र ठेगाना,
(ख) एजेण्टले पाउने कमिशनको अड्ढ, मुद्राको किसिम र भुक्तानीको तरिका,
(ग) एजेण्टस“गको अन्य कुनै शर्त,
(घ) स्थानीय एजेण्ट भए निजकोे स्थायी लेखा दर्ता प्रमाणपत्रको प्रमाणित
प्रतिलिपि र निजले एजेण्ट हुन स्वीकार गरेको पत्र ।
(२) विदेशी बोलपत्रदाताको तर्फबाट उपनियम (१) बमोजिमको एजेन्टले बोलपत्र
पेश गर्दा निजले उपनियम (१) को खण्ड (ख) र (ग) मा उल्लिखित कुरा स्पष्ट रुपमा
उल्लेख गर्नु पर्नेछ ।
(३) विदेशी बोलपत्रदाताले उपनियम (१) मा उल्लिखित कुरा स्पष्ट रुपमा
नखुलाएमा वा स्थानीय एजेण्ट नभएको भनी बोलपत्र पेश गरेकोमा पछि एजेण्ट
भएको प्रमाणित भएमा वा एजेण्टलाई दिने कमिशन कम उल्लेख गरेकोमा पछि
एजेण्टले बढी कमिशन लिएको प्रमाणित भएमा त्यस्तो बोलपत्रदातालाई यस
नियमावली बमोजिम कालो सूचीमा राख्न कारबाही गर्नु पर्नेछ ।